पन्ड्सको ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Ponds Tagline 'Miracles Happen'

काठमाडौँ — सौन्दर्य ब्रान्ड पन्ड्सले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ सुरु गरेको छ । कम्पनीले विज्ञानमा आधारित फर्मुलाले उपभोक्तामा आशा र छालामा परिवर्तन ल्याउने लक्ष्य राख्दै पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिच्युटमा नाम परिवर्तन गरेको हो ।

यसले ब्रान्डको अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्ने कम्पनीको दाबी छ । पन्ड्सले आफ्ना फोर्मुलामा तीन प्रमुख इन्टिग्रिडिएन्ट प्रस्तुत गरेको छ । जसमा निआसिनामाइड, हायल्युरोनिक एसिड र सक्रिय चारकोल रहेको कम्पनीको दाबी छ । यी उत्पादनका माध्यमबाट पन्ड्स नेपालमा विश्वव्यापी गुणस्तरअनुसार उपभोक्तालाई आफ्नो सेवा दिन चाहेको कम्पनीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully