केटीएम नेपालको ‘द प्रिमियम केटीएम सोरुम’

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

KTM Nepal's 'The Premium KTM Showroom'

काठमाडौँ — केटीएम नेपालले काठमाडौंमा ‘द प्रिमियम सोरुम’ उद्घाटन गरेको छ । नेपालमा मोटरसाइकलको नयाँ अनुभवलाई परिभाषित गर्ने उद्देश्यले कम्पनीले उक्त सोरुम सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

यस सोरुमले ग्राहकलाई नयाँ स्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । साथै नयाँ मोडलको अवलोकन, जेन्युइन एसेसरिज, सर्भिसिङलगायत सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । सोरुमले मोटरसाइकल बिक्री, सर्भिसिङ, टेस्ट राइड इभेन्ट, प्राविधिक सत्र र विशेष राइडर गतिविधिहरू सञ्चालन गर्नेछ । सोरुमले केटीएमप्रेमी ग्राहकलाई अझ आकर्षित गर्ने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully