काठमाडौँ — दुईपांग्रे विद्युतीय सवारीसाधनका लागि ब्याट्री–स्वापिङ प्रविधि गोगोरोले काठमाडौं उपत्यकाभर ४५ वटा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ ।
गोगोरोले आफ्नो प्रतिबद्धताअनुरूप स्मार्ट स्कुटरको बिक्री गर्नुअघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको जनाएको छ । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिन गोगोरोको लक्ष्यमा यो महत्त्वपूर्ण उपलब्धि रहेको जनाइएको छ । यससँगै स्मार्ट मोबिलिटीमा नयाँ युगको सुरुवात रहेको कम्पनीको भनाइ छ ।
२ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका स्वाप स्टेसनले चार्जिङका लागि पर्खन नपर्ने र ६ सेकेन्ड समय लाग्ने स्वापले ग्राहकलाई सहज बनाउने कम्पनीले जनाएको छ । स्वाप स्टेसन २४ घण्टा सञ्चालनमा रहनेछन् ।
