काठमाडौँ — टाइल निर्माता कजारियाले धनगढीको सहिद चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । गोदावरी टाइल एन्ड मार्बल कम्पनीद्वारा सञ्चालित उक्त सोरुमले गुणस्तरीय टायलको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको जनाएको छ ।
उक्त अवसरमा कजारियाका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुम सञ्चालनमा आएकोप्रति उत्साह व्यक्त गरे । ‘धनगढी कजारियाका लागि एक महत्त्वपूर्ण बजार हो,’ उनले भने, ‘यस सोरुमबाट हाम्रा प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ ।’ प्रिमियम टाइल्सलाई देशभर सहजै उपलब्ध गराउने लक्ष्यसाथ कम्पनीले उक्त सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
