काठमाडौँ — दराज नेपालले ‘४.४ नववर्ष उत्सव’ घोषणा गरेको छ । चैत २२ बाट सुरु हुने दराजको उक्त उत्सवमा ७० प्रतिशतसम्म छुट पाइनेछ । कम्पनीले ग्राहकका लागि आश्चर्यजनक फ्ल्यास सेल, १ करोड रुपैयाँ बराबरको भौचर र निःशुल्क डेलिभरी सुविधा छ ।
दराजको यो सेल उत्सव चैत ३१ सम्म रहनेछ । उक्त उत्सव अवधिभर ग्राहकले हरेक दिन फ्ल्यास सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसल ब्लेज, एईवीबी, माइक्रो लाइफ, एक्स–एज, ब्ल्याक सार्कलगायत साझेदार ब्रान्डमार्फत ७० प्रतिशत छुट पाउनेछन् । साथै ४.४ सेल अवधिभर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्तालाई ७५० रुपैयाँसम्मको छुटसमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
