काठमाडौँ — नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले पोखरामा चलिरहेको वाडा अटो सो २०२५ मा बीवाईडीको गाडी किन्ने ग्राहकका लागि विशेष अफर ल्याएको छ ।
पोखरामा चैत १४ देखि १७ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा बीवाईडीको डल्फिन, एट्टो ३ र एम६ गरी ३ मोडलका गाडी किन्ने ग्राहकलाई अफर ल्याएको जनाएको हो ।
कम्पनीका अनुसार वाडामा बीवाईडी किन्ने ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमै खरिद गर्न सक्नेछन् । साथै प्रदर्शनीमा बीवाईडी किन्ने ग्राहकले १ वर्ष वा २ लाख किलोमिटर वारेन्टी, एक वर्षको फ्री इन्स्योरेन्स, एक वर्षको सडक कर कभरेज, नगद छुट, निःशुल्क एसेसरिज र चार्जर पाउनेछन् ।
