काठमाडौँ — सामसङ नेपालले सामसङ ग्यालेक्सी एफाइभ६, एथ्री६ र एटु६ सार्वजनिक गरेको छ । कम्पनीले ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरेको नयाँ मोडल सार्वजनिक गरेको हो ।
नेपाली बजारमा ग्यालेक्सी एफाइभ६ र एथ्री६ बजारमा उपलब्ध छन् । साथै एटु६ भने अप्रिलको पहिलो साताबाट बजारमा आउने कम्पनीले जनाएको छ ।
ए सिरिजमा वन यूआई ७ द्वारा सञ्चालित छ । कम्पनीका अनुसार स्क्रिनमै ‘सर्कल टु सर्च’, ५० मेगापिक्सेल क्यामेरा, १० बिट एचडीआर फ्रन्ट क्यामेरा र १२ मेगा पिक्सेल अल्ट्रावाइड लेन्स छ । नेपाली बजारमा ए सिरिजको मूल्य ४५ हजार ९९९ देखि ७० हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
