सिद्धार्थ बैंकको 'वक फर वाटर, वक फर लाइभ’ कार्यक्रम

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Siddharth Bank's 'Walk for Water, Walk for Live' programme

काठमाडौँ — सिद्धार्थ बैंकले ‘वक फर वाटर, वक फर लाइभ’ कार्यक्रम आयोजना गरेको छ । बैंकले विश्व पानी दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो ।

 उक्त अवसरमा बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई दिगो विकास केन्द्रित बनाउँदै आएको जनाएको छ । पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यतालाई अवलम्बन गर्दै वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरू लागू गरेको समेत बैंकको भनाइ छ । 

कान्तिपुर

Link copied successfully