महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवा

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Gold loan service from Mahalakshmi Bikas Bank's Bhairahawa branch

काठमाडौँ — महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट सुनकर्जा सेवा सुरु गरेको छ । बिहीबार आयोजित एक समारोहबीच बैंकका सञ्चालक राहुल अग्रवाल र बैंकको प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा सुरु गरिएको हो ।

बैंकले आफ्ना ग्राहकलाई सहज, छिटोछरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको जनाएको छ । ग्राहकले न्यूनतम ब्याजदरमा उक्त सुन कर्जा प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ । यस सेवाले ग्राहकको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास लिएको बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully