एनआईसी एसिया बैंकले मनायो ग्लोबल मनी विक

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

NIC Asia Bank celebrated Global Money Week

काठमाडौँ — एनआईसी एसिया बैंक ‘ग्लोबल मनी विक २०२५’ मनाएको छ । बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम आयोजना गरी ग्लोबल मनी विक मनाएको हो ।

उक्त अवसरमा बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवामाझ साताव्यापी कार्यक्रम सञ्चालन आयोजना गरेको छ । बैंकद्वारा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भएका छन् । तुलनात्मक रूपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट र दार्चुला जिल्लाका बैंक शाखाले उक्त अभियानअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेका थिए ।

कान्तिपुर

Link copied successfully