काठमाडौँ — एनआईएमबीएस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टिल्स लिमिटेडमा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । चैत १२ मा एक समारोहबीच एनआईएमबीएस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टिल्सका निर्देशक विमलकुमार सावरथियाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
साझेदारीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिन थप मद्दत गर्ने कम्पनीले जनाएको छ । सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापित लक्ष्मी स्टिल्स लिमिटेड, टीएमटी रड, ब्लेड र रिब्ड तारहरूको उत्पादक कम्पनीका रूपमा छ । नवलपरासीको सुनवलमा आधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले स्टिल उत्पादन गरिरहेको छ ।
