क्रम्पटनका नयाँ उत्पादनबारे विमर्श

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Discussing Crompton's new products

काठमाडौँ — सिजी इलेक्ट्रोनिक्स र क्रम्पटन ग्रिब्स कन्ज्युमर इलेक्ट्रोनिक्सले चितवनको सौराहामा ‘क्रम्पटन पार्टनर्स मिट २०८१’ गरेको छ । कार्यक्रमले व्यावसायिक साझेदारबीचको दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।

यसले व्यवसायी साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको कम्पनीले जनाएको छ । क्रम्पटको इन्टरनेसनल बिजनेस एसोसिएट भाइस प्रेसिडेन्ट तथा प्रमुख दुर्गेश बक्सीले दुई कम्पनीबीचको रणनीतिक साझेदारी, व्यावसायिक वृद्धिको अवसर, नवीनतम उत्पादन र प्रविधिबारे चर्चा गरे । क्रम्पटनका इन्टरनेसनल बिजिनेस सिनियर म्यानेजर सौरभ गौडले कम्पनीका नवीनतम उत्पादनबारे जानकारी गराए ।

कान्तिपुर

Link copied successfully