५ लाख ९९ हजार डाउन पेमेन्टमै नामी 

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

5 lakh 99 thousand in down payment

काठमाडौँ — नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले विशेष फाइनान्सिङ योजना ल्याएको छ । उक्त योजनाअनुसार ग्राहकले ५ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै नामी ईभी खरिद गर्न सक्नेछन् ।

ईभी ग्राहक प्रेमीका लागि कम्पनीले उक्त योजना ल्याएको हो । योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरी नामी किन्न सक्छन् । यसमा कम्पनीले नै ८० प्रतिशत फाइनान्सिङ सुविधा दिने जनाइएको छ । कम्पनीले नै ४८ घण्टा कार्यअवधिमा ग्राहकको हातमा नामी प्रदान गर्नेसमेत बताएको छ । 

कान्तिपुर

Link copied successfully