काठमाडौँ — नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले रिडारा आरडी६ सार्वजनिक गरेको छ । सीजीले प्योर इलेक्ट्रिक पिकअप रिडारा आरडी६ को सोमबार फर्पिङ, दक्षिणकालीमा ट्र्याक एडभेन्चर ड्राइभसमेत गर्यो ।
आधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले नयाँ स्तर स्थापित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार उक्त गाडीमा ४२४ किलोमिटरको रेन्ज र ७३ किलोवाट क्षमताको ब्याट्री छ । यो गाडी नेपालको भूगोललाई ध्यानमा राख्दै डिजाइन गरिएको कम्पनीको दाबी छ ।
