काठमाडौँ — सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौँ, कमलादीस्थित आफ्नै कार्यालय भवनमा ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
कोरियाबाट निराजन ढकालले जी मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटेन्स पठाउँदा सोही योजनाअन्तर्गत पठाएको रकमको १८ गुणा गरी रु ७,५४,३६२ जित्न सफल भएका थिए। यो रकम निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा चर्चित हास्य कलाकार एवं सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको पनि उपस्थिति रहेको थियो।
जसअनुसार, १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप-अप), २४ जनाले साप्ताहिक उपहार (सामसङ स्मार्ट टिभी), र ६ जनाले मासिक उपहार (सामसङ स्मार्टफोन) जितिसकेका छन्।
कार्यक्रमका क्रममा सिटी एक्सप्रेसले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गर्यो। हरेक वर्ष नयाँ विषयवस्तु समावेश गर्दै क्यालेन्डर प्रकाशन गर्दै आएको सिटी एक्सप्रेसले यस पटक आर्थिक समृद्धिको विषयवस्तुमा क्यालेन्डर तयार पारेको छ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटेन्स क्षेत्रको सेवा प्रदान गर्दै १८ वर्षको सफल यात्रा तय गरिसकेको छ। हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुचारु गरेको सिटी एक्सप्रेसले वालेटबाटै रेमिटेन्स भुक्तानीको सुविधा समेत उपलब्ध गराएको छ।
