काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले १० हजार ३९२ जनालाई वित्तीय शिक्षा प्रदान गरेको छ । बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा देशभर सञ्चालन गरेको वित्तीक्ष साक्षरता कार्यक्रममार्फत मानिस लाभान्वित भएका हुन् ।
अन्तर्राष्ट्रिय रूपमा हरेक वर्ष मार्चको तेस्रो साता मनाइने ग्लोबल मनी विक बैंकले गत चैत ४ देखि १० सम्म साताव्यापी रूपमा मनाएको थियो ।
