काठमाडौँ — नेपालमा जेरो बी ब्रान्डको ‘वाटर प्युरिफायर’ सार्वजनिक गरिएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले जेरो बी ब्रान्डको वाटर प्युरिफायर उद्घाटन गरे ।
कार्यक्रममा नेपालभरका प्रमुख आर्किटेक्ट, होटल व्यवसायी, उद्योगपति र व्यवसायीको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । ‘प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ वर्षभन्दा बढीको अनुभवसहित जेरो बी ब्रान्डको वाटर प्युरिफायर ल्याइएको कम्पनीले जनाएको छ ।
जेरो बी आयन एक्सचेन्ज इन्डिया लिमिटेडको प्रमुख ब्रान्ड रहेको कार्यक्रममा बताइयो । पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीहरूको अत्याधुनिक प्रविधिका लागि जेरो बी परिचित रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
