रिजाल नमकिनको 'कर्न बज’

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Rizal Namkin's 'Corn Buzz'

चितवन — रिजाल नमकिनले ‘कर्न बज’ नामक कुरकुरे स्न्याक्स बजारमा ल्याएको छ । चितवन रत्ननगर बेल्सीमा उद्योग रहेको रिजाल नमकिनले ३८ वर्षदेखि नमकिन, दालमोठ, भुजिया, फुरनदानालगायत तयारी खाजा र स्न्याक्स उत्पादन गर्दै आएको छ । आफ्ना उत्पादन गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरका रहेको कम्पनीको दाबी छ ।

‘कर्न बज’ मकै, चामल र चनाको पीठोबाट तयार गरिएको कम्पनीले जनाएको छ । उक्त स्न्याक्स अचारी मसला, फ्लेमिङ हट र मसला तड्का गरी तीन प्रकारका स्वादमा उपलब्ध हुने कम्पनीका मुख्य बजार प्रबन्धक प्रीतम रिजालको भनाइ छ । निकट भविष्यमा यसलाई नेपाली रैथाने बाली कोदो र फापरबाट समेत ग्रिट तयार गरी स्वस्थ खाजाका रूपमा उपभोक्तामाझ ल्याउने योजना रहेको रिजालले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully