प्रोटोनको ई एमएएस ७ सार्वजनिक

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Proton's E MAS 7 public

काठमाडौँ — नेपाली बजारमा नयाँ प्रोटोनको ई एमएएस ७ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच जगदम्बा मोटर्सले प्रोटोनको ई एमएएस ७ सार्वजनिक गरेको हो ।

यससँगै अब बजारमा प्रोटोनको ई एमएएस ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । प्रोटोनको ई एमएएस ७ प्लाटिनम सिल्भर, टर्क्वोइज ग्रिन, स्लेट ग्रे, क्वार्ट्ज रोज र लिथियम ह्वाइट गरी पाँच रङमा उपलब्ध छ ।

प्रोटोनको ई एमएएस ७ सार्वजनिक गरिएको अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा प्रोटोनको नयाँ गाडी सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले याे गाडीले नेपालीहरुकाे आशा र अपेक्षालाई पुरा गर्ने बताए । 

कान्तिपुर

Link copied successfully