एनसेलले ल्यायो 'सधैं अन रोमिङ’ प्याक

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Ncell brings 'Always On Roaming' pack

काठमाडौँ — एनसेलले ग्राहकका लागि ‘सधैं अन १७९९ रोमिङ’ प्याक सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यो एक सम्पूर्ण प्याकेज हो, जसले देशभर निर्बाध रूपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाका साथै भारत यात्रा गर्नेका लागि विशेष लाभ प्रदान गर्दछ ।

यो प्याक २८ दिनसम्म मान्य रहनेछ । यस प्याकबाट नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी डेटा, अनलिमिटेड यूट्युब, बिमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । भारत भ्रमणका बेलामा ग्राहकले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्ने एनसेलले जनाएको छ ।

साथै रोमिङ प्याकअन्तर्गत भारत भ्रमण गर्दा कुनै दुर्घटना भए १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च पनि समेट्ने एनसेलले जनाएको छ । रोमिङ प्याक करसहित १ हजार ७९९ रुपैयाँ शुल्कमा खरिद गर्न सकिनेछ ।

कान्तिपुर

Link copied successfully