देहरादुनमा इन्डो–नेपाल व्यापार मेला

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Indo-Nepal Trade Fair in Dehradun

देहरादून — इन्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ । उद्योग मन्त्रालयको सहयोग तथा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा मेला सुरु भएको हो । मेलामा नेपाली हस्तकलासँगै विभिन्न खालका घरेलु उत्पादन राखिएको छ । पाल्पाली ढाका, रुद्राक्षको माला, अलैंचीको पातबाट बनेका विभिन्न किसिमका कपडा तथा वस्तु, विजयसालका भाँडा र अल्लोबाट बनाइएको विभिन्न किसिमका कपडा राखिएका छन् ।

गोरखालीहरूको बाहुल्य रहेको देहरादूनमा नेपाली हस्तकला र साना तथा मझौला उद्योगमा उत्पादन गरिएको वस्तुले सबैको ध्यान तानेको छ । मेलामा नेपाली र भारतीय उत्पादनका गरी करिब सय स्टल राखिएका छन्, जसमा ५० स्टल नेपाली छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले मेलाको उद्घाटन गरे ।

यस्ता खालका मेलाले दुवै देशका सम्बन्ध अझ उचाइमा पुग्ने उनको भनाइ छ । ‘यसले आर्थिकसँगै सांस्कृतिक र पर्यटकीय क्षेत्रमा समेत दुवैतर्फ फाइदा पुग्नेछ,’ मुख्यमन्त्री धामीले भने, ‘दुवै देशका व्ववसायीबीच पनि सम्बन्ध स्थापित हुनेछ ।’

कान्तिपुर

Link copied successfully