काठमाडौँ — नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक न्यूनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ ।
‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यस स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल इभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने कम्पनीले जनाएको छ । स्किमअन्तर्गत ग्राहकले अब दिपलका ईभी मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् ।
दिपलको प्रिमियम ईभी एल०७ लाई मात्र १३ लाख ९९ हजार, एस०७ १४ लाख ९९ हजार र एस०७एल १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी खरिद गर्न सकिने कम्पनीले बताएको छ । साथै ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदरमा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउनेछन् ।
