बर्दिबासमा टाटा योद्धा १.५टी 

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Tata Yoddha 1.5T in Bardibas

काठमाडौँ — नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बर्दिबासमा टाटा योद्धा १.५टी सार्वजनिक गरेको छ । टाटा योद्धामा ३ लिटर डिजल इन्जिन छ, जसले २५० एनएम टर्क उत्पादन गर्छ । साथै टाटा योद्धा १.५ टीमा १५ सय किलोसम्मको भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ ।

अप्ठ्यारो बाटामा पनि सहजै पार गर्ने, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङजस्ता विशेषता गाडीमा छन् । ग्राहकका लागि कम्पनीले विभिन्न बिक्री तथा सेवा नेटवर्कमार्फत आवश्यकता पूरा गर्दै आएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully