काठमाडौँ — एसपीजी अटोमोबाइल्सले नेपालमा ओमोदा र जैकोको पहिलो ‘एक वर्षको यात्रा’ मनाएको छ । प्रिमियम अटोमोटिभ ब्रान्डको यात्रामा यो कोसेढुंगा सावित भएको कम्पनीले जनाएको छ । उक्त अवसरमा कम्पनीले बिहीबार काठमाडौंमा एक समारोह आयोजना गर्यो ।
कम्पनीले पहिलो वार्षिकोत्सवका अवसरमा एसपीजी अटोमोबाइल्सले नयाँ ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ । यसअन्तर्गत ओमोदा र जैकोको सवारीसाधन केवल ५५ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ । साथै ग्राहकले ५ लाख १५ हजार रुपैयाँसम्मका फाइदा, एक वर्षको निःशुल्क बिमा र ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउनेछन् । यसका अतिरिक्त ओमोदा र जैकोका गाडी खरिद गर्ने ग्राहकले ब्याट्री तथा मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी र एक वर्षको निःशुल्क सडक कर पाउने कम्पनीले जनाएको छ । एक वर्षको यात्रामा कम्पनीले नेपाली बजारमा आठ सयभन्दा बढी युनिट गाडी बिक्री भएको कम्पनीको दाबी छ ।
