मर्क्योर काठमाडौंमा 'सोप्रा इटालियानो’

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

'Sopra Italiano' at Mercure Kathmandu

काठमाडौँ — सुकेधारा हाइट्सस्थित मर्क्योर काठमाडौंले इटालियन रेस्टुराँ सोप्रा इटालियानो सुरु गरेको छ । इटालियन स्वाद चखाउने उद्देश्यले मर्क्योरले इटालियन रेस्टुराँ सञ्चालनमा ल्याएको हो ।

नयाँ स्वादले होटलका अतिथिलाई इटालियन पाककला अनुभव प्रदान गर्ने होटलले जनाएको छ । शुक्रबार आयोजित एक समारोहबीच नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिई कोर्टेभालले उक्त रेस्टुराँको उद्घाटन गरिन् ।

फ्रान्सेली चेन होटल मार्क्योरले होटलमा आउने इटालियन अतिथि र नयाँ स्वाद अनुभव गर्न चाहने अतिथिलाई लक्ष्य गर्दै उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully