नक्सालमा स्काइवेलको फ्ल्यागसिप सोरुम

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Skywell's flagship showroom in Naxal

काठमाडौँ — लक्जरी एसयूभी स्काइवेलले काठमाडौंको नक्सालमा आफ्नो फ्ल्यागसिप सोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा स्काइवेलको यो पाँचौं सोरुम रहेको कम्पनीले जनाएको छ ।

एक समारोहबीच शुक्रबार चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाड जिनले सोरुम उद्घाटन गरे । चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, रसियालगायत मुलुकमा बजार विस्तार गरिसकेको कम्पनीले जनाएको छ ।

नेपालमा ६२० किलोमिटर रेन्ज दिने ईटी फाइभ स्काइवेलको प्रिमियम एसयूभी एक वर्षअघि भित्रिएको कम्पनीको दाबी छ । 

कान्तिपुर

Link copied successfully