सामसङ ग्यालेक्सी ए फाइभ ६ फाइभजी स्मार्टफोनको प्रि–अर्डर 

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Samsung Galaxy A5 6 5G smartphone pre-order

काठमाडौँ — सामसङ नेपालले नयाँ ग्यालेक्सी ए फाइभ ६ फाइभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ । कम्पनीले चैत ११ सम्मका लागि ए फाइभ ६ फाइभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको हो ।

यसका लागि २ हजार रुपैयाँ तिरी अर्डर लिन सकिने कम्पनीले जनाएको छ । साथै प्रि–अर्डर गर्ने ग्राहकले ७ हजार ९ सय ९९ रुपैयाँ पर्ने ग्यालेक्सी फिट ३ मात्र ३ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् । सामसङ ग्यालेक्सी ए फाइभ ६ फाइभजी स्मार्टफोन नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछन् ।

१२ जीबी र्‍यामका साथ २५६ जीबी स्टोरेज भेरियन्टको ७० हजार ९ सय ९९ र ८ जीबी र्‍यामका साथ २५६ जीबी स्टोरेज भेरियन्टको ६५ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले बताएको छ । ग्राहकले सबको फोन र अर्को स्टोरमार्फत पुरानो फोन साटेर नयाँ सामसङ ग्यालेक्सी ए फाइभ ६ फाइभजीमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully