काठमाडौँ — जगदम्बा मोटर्सले प्रोटोन ई एमएएस ७ को नेपाल भ्रमण पूरा गरेको छ । प्रोटोन ई एमएएस ७ ले चैत ७ मा सातै प्रदेशको २१ दिने यात्रा पूरा गरेको हो ।
प्रोटोन ई एमएएस ७ ले उक्त यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्न सुरु गरेको थियो । तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटो विद्युतीय सवारी प्रोटोन ई एमएएस ७ ले सहज पार गरेको कम्पनीको दाबी छ ।
नेपाली बजारका लागि यो गाडी भित्रिने तयारीको अवस्था प्रस्तुत गरेको कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले जनाए । नेपाली बजारमा प्रोटोन ई एमएएस चैत ८ मा सार्वजनिक हुने कम्पनीले बताएको छ ।
