ग्लोबल आईएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच छुट सम्झौता

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Global IME Bank and Lumbini Medical College

काठमाडौँ — ग्लोबल आईएमई बैंक र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्झौता भएको छ । शुक्रबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरे । सम्झौतापछि अस्फतालले बैंकका डेबिट तथा त्रेडिट कार्ड र मोबाइल एप प्रयोगकर्तालाई अस्पतालको सेवा तथा औषधोपचारमा लाग्ने छुट प्रदान गर्नेछ । जसमा ग्राहकले अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपीडी र अपरेसन सेवामा उक्त छुट पाउने बैंकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully