दिक्तेलमा सिटिजन्स बैंकको शाखा

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Citizens Bank branch at Diktel

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखासँगै बैंकका २ सय वटा शाखा कार्यालय सञ्चालनमा आएको बैंकले जनाएको छ । कोशीमा भने बैंकको शाखा संख्या २८ पुगेको छ ।

ग्राहकलाई उत्कृष्ट सेवासुविधा पुर्‍याउने क्रममा खोटाङको दिक्तेलमा उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जनाए । नयाँ शाखा सञ्चालनको अवसरमा बैंकले खाता खोल्दा पहिलो वर्षका लागि कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रदान गर्ने बताएको छ । साथै डिम्याट खाता लाग्ने शुल्कमा पनि एक वर्षका लागि छुटको व्यवस्था छ ।

कान्तिपुर संवाददाता

Link copied successfully