काठमाडौँ — एसपीजी अटोमोबाइल्स प्रालिले नेपालमा ‘ओमोडा एन्ड जेइको’ ब्रान्डलाई प्रिमियम अटोमोटिभ क्षेत्रका रूपमा स्थापित गर्दै आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। नेपाली बजारमा विद्युतीय एसयुभिका लागि लोकप्रियता हासिल गरेको यो ब्रान्डको लागि यो एक महत्त्वपूर्ण उपलब्धि हो।
कम्पनीले आफ्नो वार्षिकोत्सव काठमाडौँको सिल्भर ओकमा बिहीबार आयोजना गरी ग्राहक, व्यवसाय साझेदार, र मिडिया प्रतिनिधिहरूलाई एकसाथ ल्याउँदै यस ऐतिहासिक क्षणलाई मनाएको हो।
समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा, निर्देशक सन्दीपकुमार शारडा, तथा एसपिजि अटोमोबाइल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दको प्रमुख उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै निर्देशक गौरव शारडाले भने, 'ओमोडा एन्ड जेइकोले छोटो समयमै नेपाली ग्राहकको मन जित्न सफल भएको छ। यो सफलता ग्राहकहरूले हामीप्रतिको विश्वासको नतिजा हो, र हामी सधैँ गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।'
कार्यक्रम जेइको जे-फाइभ र जेइको भि-ट्वेन्टि-थ्रिलाई नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरिएको छ।
यसै अवसरमा नयाँ ग्राहकका लागि वार्षिकोत्सव विशेष अफर घोषणा गरिएको छ। अफरअन्तर्गत, ओमोडा एन्ड जेइको सवारी साधनहरू ५५ लाख ९९ हजार रुपैयाा बाट सुरू हुनेछन्। साथै, ग्राहकहरूले ५ लाख १५ हजार रुपैयाँसम्मका लाभहरू, एक वर्षको नि:शुल्क बीमा, ७ किलोवाट चार्जर, र ब्याट्री तथा मोटरमा ८ वर्ष/१,६०,००० किलोमिटरको वारेन्टी प्राप्त गर्नेछन्। ग्राहकहरूले एक वर्षको नि:शुल्क सडक करको सुविधा पनि लाभ उठाउन सक्नेछन्।
