काठमाडौँ — एसपीजी अटोमोबाइल्सले नेपालमा ओमोदा र जैकोको पहिलो वार्षिकोत्सव मनाएको छ ।
‘एक वर्षको यात्रा’ को अवसरमा कम्पनीले बिहीबार काठमाडौंमा एक समारोह आयोजना गरेको थियो । कम्पनीले पहिलो वार्षिकोत्सवको अवसरमा एसपीजी अटोमोबाइल्सले नयाँ ग्राहकका लागि विशेष वर्षगाँठ अफरहरू घोषणा गरेको छ । जसअन्तर्गत ओमोदा र जैकोको सवारीसाधन केवल ५५ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ । साथै ग्राहकले ५ लाख १५ हजार रुपैयाँसम्मका फाइदा, एक वर्षको निःशुल्क बिमा र ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउनेछन् ।
यसका अतिरिक्त ओमोदा र जैकोका गाडी खरिद गर्ने ग्राहकले ब्याट्री तथा मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी र एक वर्षको निःशुल्क सडक कर पाउने कम्पनीले जानकारी दिएको छ ।
एक वर्षको यात्रामा कम्पनीले नेपाली बजारमा आठ सयभन्दा बढी युनिट गाडी बिक्री भएको दाबी गरेको छ ।
