नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Financial Literacy Program completed by Nepal SBI Bank New Road Branch

काठमाडौँ — नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार डीएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत ४५ भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल एसबीआई बैंक न्यूरोड शाखाको शाखा प्रबन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । 

यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully