पुनः नेपाली बजारमा आउँदै जेडटीई 

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

ZTE is coming to the Nepali market again

काठमाडौँ — ग्लोबल टेक जायन्ट जेडटीईले नेपालमा पुनः प्रवेश गर्ने तयारी गरेको छ । आधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भएका स्मार्टफोनका साथ जेडटीई नेपाल आउने तयारी गरिरहेको हो ।

यसका लागि कम्पनीले बजार व्यवस्थापन र आधिकारिक वितरकका रुपमा शंकर ग्रुपलाई नियुक्त गरेको छ । कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा मोबाइल डाटा सेवा ल्याएको थियो । ययस पटक जेडटीई ब्लेड र जेडटीई नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोन नेपाली बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully