नेपालगञ्जमा टाटाका नयाँ ईभी 

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Tata's new EV in Nepalgunj

काठमाडौँ — नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपागञ्जमा टाटाका नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले टाटाको नेपालमा हालै सार्वजनिक टाटा कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा टियागो ईभी २०२५ नेपालगन्जमा पनि सार्वजनिक गरेको हो ।

एक समारोहबीच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कम्पनीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र नेपालका लागि टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थितिमा टाटाका उक्त गाडी सार्वजनिक गरिएको थियो । योसँगै ग्राहकले नेपालगन्जस्थित टाटाको सोरुममा टाटाका नयाँ गाडीको टेस्ट ड्राइभको अनुभव लिन सक्ने जनाइएको छ । 

कान्तिपुर

Link copied successfully