स्प्यारोको प्राथमिकतामा ग्राहककेन्द्रित सेवा 

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Sparrow's priority is customer-centric service

काठमाडौँ — एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो एसएमएस १५औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनीले नवीन प्रविधिको प्रयोगमार्फत २५० मिलियनभन्दा बढी एसएमएस पठाउने गरेको दाबी गरेको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले ग्राहक केन्द्रित सेवा प्राथमिकतामा रहँदै आएको बताए । यसैगरी नवीन प्रविधिको प्रयोग गरी भविष्यमा उत्कृष्ट सेवा विस्तार गर्ने उनले जनाए । कम्पनीले यो यात्रामा सात हजारभन्दा बढी व्यवसायलाई आफ्ना ग्राहकसँग जोड्न बल्क एसएमएस सेवा र एसएमएस एपीआई सेवा प्रदान गरेको बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully