काठमाडौँ — जगदम्बा मोटर्सले प्रोटोन ई.एमएएस ७ को नेपाल भ्रमण पूरा गरेको जनाएको छ । प्रोटोन ई.एमएएसले ७ ले चैत ७ मा सातै प्रदेशको २१ दिने यात्रा पूरा गरेको हो ।
प्रोटोन ई.एमएएसले ७ ले नेपाली भूबनाेटमा परिक्षण गर्नका लागि याे यात्रा सुरु गरेको थियो । तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटो विद्युतीय सवारी प्रोटोन ई.एमएएसले ७ ले सहज पार गरेको कम्पनीले जानकारी दिएको छ ।
सो अवसरमा कम्पनीको कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाली बजारका लागि यो गाडी भित्रिने तयारीको अवस्था प्रस्तुत गरेको बताए । नेपाली बजारमा प्रोटोन ई.एमएएसले चैत ८ गते सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।
