काठमाडौँ — सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौताअनुसार ग्राहकले काठमाडौंको बिजुलीबजारस्थित उक्त डेन्टलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस सुविधाले ग्राहकलाई नगदबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
