हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता 

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Agreement between Himalayan Bank and Social Security Fund

काठमाडौँ — हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । बैंक र कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गरी सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार योगदानकर्ताले बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमाल रेमिट, मोबाइल बैंकिङ वा कार्ड मार्फत सहज रूपमा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । यसरी योगदानकर्ताले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully