काठमाडौँ — नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘बेस्ट टाइम’ कलरफुल एक्सचेन्ज आयोजना गर्ने भएको छ । बुधबार र बिहीबार आयोजना हुने उक्त कार्यक्रममा ग्राहकले टाटाका आधुनिक ईभी गाडी साट्न सक्नेछन् ।
उक्त एक्सचेन्ज कार्यक्रम देशभरका टाटाका सोरुममा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । ग्राहकले एक्सचेन्ज अवधिमा टाटाको टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र प्रिमियम एसयूभी खरिद गर्न सक्नेछन् । यस अवसरमा एक्सचेन्ज गरी गाडी खरिद गर्ने ग्राहकले एक्सचेन्ज बोनस, सधैंका लागि निःशुल्क चार्जिङ नेटवर्क, निःशुल्क सवारी कर र एसेसरिजका साथ उपहार पाउनेछन् । यो अवसरमा ग्राहकले टाटाका नयाँ गाडीको टेस्ट ड्राइभको अनुभव लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
