चाईल्डसेफनेटले मलेसियाका ५०० विद्यालयमा साईबर सुरक्षाबारे तालिम दिने

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

ChildSafeNet will provide cyber safety training to 500 schools in Malaysia

काठमाडौँ — अनलाईन बाल सुरक्षाका लागि कार्यरत संस्था चाइल्डसेफनेटले मलेसियामा अनलाईन बाल सुरक्षा कार्यक्रम सुरु गरेको छ । मलेसियाली संस्था टेक्निजमसँगको सहकार्यमा हुने यस कार्यक्रमअन्तर्गत त्यहाँ ५०० विद्यालयमा साईबर सुरक्षाबारे तालिम सञ्चालन हुँदै छन् । 

चाईल्डसेफनेटद्वारा प्रशिक्षित स्थानीय प्रशिक्षकहरूले चाईल्डसेफनेटका सामग्री प्रयोग गरेर मलेसियामा देशव्यापी साइबर सुरक्षा तालिम सञ्चालन गर्न लागेको हो । यस कार्यक्रममा ८० हजारभन्दा बढी प्राथमिक तथा माध्यमिक तहका बालबालिकालाई सुरक्षित रूपमा ईन्टरनेट प्रयोग गर्न र अनलाईन यौन शोषणबाट सुरक्षित रहने उपायहरूबारे जानकारी दिइनेछ ।

चाईल्डसेफनेटका संस्थापक अनिल रघुवंशीका अनुसार संस्थाले नेपालका ४० भन्दा बढी जिल्लामा साईबर सुरक्षाबारे तालिम सञ्चालन गरिसकेको छ र यस वर्षदेखि नेपालबाहिर पनि कार्यक्रम सुरु गरेको हो । संस्थाले मलेसियाको साईबरजाया शहरमा तीनदिने प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिसकेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully