एड्भान्स ब्याट्री रिसाइक्लिङ गर्ने बीवाईडीको प्रतिबद्धता

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

BYD's commitment to advance battery recycling

काठमाडौँ — बीवाईडी अटो इन्डस्ट्रीले विश्व रिसाइक्लिङ डेको अवसरमा कप्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ । योसँगै बीवाईडीले एड्भान्स ब्याट्री रिसाइक्लिङ गर्ने र वातावरणीय दिगोपनाको प्रतिबद्धतालाई पुष्टि गर्ने दाबी गरेको छ ।

 योसँगै बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आईटी एसेट पार्टनर्स इंक र चीनको वुहुमा अवस्थित एन्हुईले चेङ लिथियम–आयोनटेक्नोलोजी कम्पनीसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै बीवाईडीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित गर्ने कार्यलाई सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully