बजारमा बर्ली एयर कुलर

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Burley Air Cooler in the market

काठमाडौँ — भारतीय उत्पादक कम्पनी बर्ली होम एप्लाएन्सले नेपालमा आधिकारिक रूपमा आधुनिक एयर कुलर सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक समारोहबीच १७ वटा बर्लीको एयर कुलर सार्वजनिक गरिएको हो ।

सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले बर्लीको एयर कुलर सार्वजनिक गरेका हुन् । योसँगै बर्लीले सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक वितरकको रूपमा नियुक्त गरेको जनाइएको छ । नेपाली बजारमा बर्लीका कुलर भित्रिएसँगै ग्राहकले सुपथ मूल्यमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully