काठमाडौँ — नेपाल जेसीजले १० दिने ‘बिजनेस एक्स्पो-२०२५’ गर्ने भएको छ । चितवन भरतपुरको नारायणी किनारमा चैत ७ देखि १८ गतेसम्म आयोजना हुने एक्स्पोमा विभिन्न पेसा र व्यवसायमा आबद्ध भएका युवा उद्यमीहरु सहभागी हुनेछन् ।
पर्यटन , वित्तीय लगानी, कृषि, स्टार्टअप, मार्केटिङ, साना तथा घरेलु उद्योग लगायतका विविध क्षेत्रहरुलाई प्रोत्साहनका लागि एक्स्पो आयोजना गर्न लागिएको जेसीजका कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले बताए । उनले एक्स्पोमा २५० स्टल रहने बताए ।
एक्सपोमा पर्यटन बोर्डका प्रशिक्षकले पर्यटन व्यवसायका लागि प्रशिक्षण दिनेछन् भने युवा उद्यमी र व्यवसायीबीच छलफल समेत चलाइनेछ । एक्स्पोमा विद्यार्थीहरुका लागि प्रवेश शुल्क ६० रुपैयाँ तोकिएको छ भने अन्यलाई १०० रुपैयाँ रहेको छ ।
- अभिषेक अधिकारी (प्रशिक्षार्थी )
