सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज लुप्थान्सा ग्रुपको नेपाल जीएसए

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Nepal GSA of Society International Travel Services Lupthansa Group

काठमाडौँ — जर्मनीमा मुख्यालय रहेको लुप्थान्सा ग्रुपले नेपालको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई आधिकारिक रूपमा आफ्नो अफलाइन जीएसएमा नियुक्त गरेको छ ।

लुप्थान्साले आफ्नो ग्रुपको लुप्थान्सा एयरलाइन्स, स्विस एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सको नेपाल जीएसएका रूपमा ट्राभल सर्भिसेज नियुक्त भएको हो ।

सम्झौताअनुसार सोसाइटी इन्टरनेसनलले नेपालमा लुप्थान्सा ग्रुपका लागि अभिन्न र रणनीतिक साझेदारका रूपमा काम गर्नेछ । यसले नवीनतम प्रविधिमा आधारित समाधानमार्फत बिक्री तथा मार्केटिङ रणनीतिलाई सशक्त रूपमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । नेपालभर बजार पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारीसमेत निर्वाह गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully