काठमाडौँ — नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा हालै सार्वजनिक भएको गाडी बुटवल र भैरहवामा पनि सार्वजनिक गरेको छ ।
कम्पनीले टाटाको कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा टियागो ईभी सार्वजनिक गरेको जनाएको छ । भैरहवास्थित अम्बु मार्केटिङ र बुटवलस्थित सफल मोटर्सद्वारा उक्त गाडीहरू सार्वजनिक भएका हुन् । यससँगै भैरहवा र बुटवलमा रहेका ग्राहकले टाटाका नयाँ गाडी खरिद गर्न सहज हुने कम्पनीले जनाएको छ । त्यति मात्र नभई ग्राहकले सार्वजनिक भएका उक्त नयाँ गाडीहरूको टेस्ट ड्राइभको अनुभवसमेत लिन सक्नेछन् ।
