काठमाडौँ — सिद्धार्थ बैंकले एफ वान सफ्टसँगको सहकार्यमा ‘टपअप/फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान सुरु गरेको छ ।
चैत ३ देखि सुरु उक्त अभियानअन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउने बैंकले जनाएको छ । उपहारमा ग्राहकले आइफोन–१६ पाउनेछन् । यस अभियानले ग्राहकलाई बैंकको मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने जनाइएको छ ।
यस अभियानमा सहभागी हुन भने कम्तीमा सय रुपैयाँको मोबाइल टपअप र पाँच सय रुपैयाँको फोन पे डाइरेक्ट कारोबार अभियान अवधिभर पूरा गर्नुपर्नेछ ।
