नेपाल बैंक र वात्सल्य नेचुरल आईभीएफबीच छुट सम्झौता

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Nepal Bank and Vatsalya Natural IVF

काठमाडौँ — नेपाल बैंक र वात्सल्य नेचुरल आईभीएफबीच उपचार खर्चमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र वात्सल्यबीच बैंकका ग्राहकलाई उपचार गराउँदा छुट गराउने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र वात्सल्यका डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका ग्राहकले वात्सल्यका विभिन्न स्थानमा रहेका अस्पताल र क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा ५ देखि १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहक तथा कर्मचारीले वात्सल्यको प्याथोलोजी र औषधि सेवामा ५ देखि १५ प्रतिशत, आईभीएफ प्याकेजमा बैंकका ग्राहकले १५ हजार र बैंकका ग्राहकले १५ हजार रुपैयाँ छुट पाउनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully