मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम यूपीआई सेवा

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

Prabhu Bank's BHIM UPI service at Muktinath Temple

काठमाडौँ — प्रभु बैंकले मुस्ताङको मुक्तिनाथ मन्दिरमा भीम यूपीआई सेवा सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा बैंकले उक्त सेवाको सुरुवात गरेको हो ।

उक्त सेवासँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यस सेवाले मन्दिरमा आउने भारतीय नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ । यस किसिमको सेवाले सीमापार भुक्तानी प्रोत्साहन हुने र डिजिटल भुक्तानीको प्रवर्द्धन हुने बैंकको भनाइ छ । 

कान्तिपुर

Link copied successfully