काठमाडौँ — समावेशिता र पहुँच प्रवर्द्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ ।
सोह्रखुट्टेस्थित भारतीय राजदूतावास कल्याण केन्द्रमा कार्यक्रम आयोजना गरी अपांगता भएका व्यक्तिलाई स्कुटर हस्तान्तरण गरिएको हो ।
स्कुटर हस्तान्तरण कार्यक्रममा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टीभीएस मोटर कम्पनीका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
अपांगता भएका व्यक्तिका लागि सार्वजनिक यातायातमा यात्रा गर्न सहज नहुने भएकाले स्कुटर सहयोग गरिएको कम्पनीले जनाएको छ ।
